
फाइल तस्बिर
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ ।
विराटनगरमा बिहीबारदेखि सुरु भएको सिआइएन कोसी एक्पो उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले अब चाँडै नै प्रदेशको नामाकरण हुने बताउनुभएको हो । कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गर्नुभयो ।
प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका आवाज आएपनि नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भाव भएको उहाँको तर्क छ ।
५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था नआएको भन्दै कार्कीले कमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्