
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समिकरण फरेबदल नहुने बताउनुभएको छ ।
बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’
उहाँले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । बिहीबार बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रबारका लागि सरेको छ ।
प्रतिक्रिया दिनुहोस्