
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले २० वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ ।
निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका दुई भाले घडियाल तथा १८ पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको हो ।
प्राकृतिक बासस्थानमा छाडिएका घडियालमध्ये तीन वटा छ वर्ष उमेरका र १७ घडियाल सात वर्ष उमेरका रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जले हालसम्म एक हजार सात सय १२ गोही प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ ।
प्राकृतिक बासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने भएकाले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरिन्छ । यसरी हुर्किएका गोहीलाई छ वर्षको उमेर भएपछि प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्