७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रिय कर्मचारी संगठन दिवसमा बिरामीलाई फलफूल वितरण


104
Shares

अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई साेही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हाे । त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद सापकोटाले बताउनुभएकाे हाे।

अर्घाखाँची अस्पतालका प्रमुख डा. जगनाथ तिवारीले अस्पतालमा भएका बिरामीलाई फलफूल वितरण गरेकोमा संगठनलाई शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभयो । यस्ता खाले कार्यक्रमले बिरामीलाई केही मात्र भएपनि हौसला प्रदान हुने उहाँकाे तर्क छ ।

साेही कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बिक र जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतको पनि सहभागिता रहेको थियो ।