८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एभर्टनसँग आर्सनल पराजित


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १–० ले पराजित भएको हो ।

आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जेम्स टार्कोस्कीले निर्णायक गोल गरे ।

जितसँगै एभर्टनको ११ खेल लामो जितविहिन यात्रा टुंगिएको छ । फ्राङक लाम्पार्डलाई हटाएर सिन डाइचलाई नयाँ प्रशिक्षक बनाएलगत्तै एभर्टन पहिलो खेलमै विजयी भएको हो ।

जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ । पराजित आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमै रहेको छ ।