
काठमाडौं । म्याग्दीमा ठूला आयोजनाहरु अलपत्र परेका छन् ।
म्याग्दीमा निर्माणाधिन १९ ठूला आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक, खानेपानी, प्रसारण लाइन र अस्पताल भवन लगायतका आयोजनाहरु अलपत्र परेका हुन् । संघीय र प्रदेश सरकार मार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा हुन सकेको छैन ।
गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ८ वटा आयोजनाहरु अलपत्र परेका छन् । जसमध्ये ८ वटा आयोजना सडक सम्बन्धी रहेका छन् । ७ अर्ब लागत अनुमान गरिएको राहुघाट जलविद्युत् आयोजना बाहेक अलपत्र रहेका आयोजनाको लागत ४ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रहेकाे छ ।
निर्माण व्यवसायीको अटेरी, आयोजना र सरोकारवालाले चासो नदिनुका साथै बजेट अभाव र निर्माण सामग्रीको अभाव लगायतका समस्या देखाएर आयोजना अलपत्र पारिएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्