
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक शंकटतर्फ उन्मुख रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नृताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उहाँले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताउनुभयो ।
उहाँले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताउनुभयो । उहाँले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाउनुभयो ।
उहाँले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताउनुभयो ।
सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताउनुभयो । उहाँले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्