
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भई सजाय भोगिरहेका रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज कुमार शर्माको संयुक्त इजलासले उच्च अदालत दिपायलको फैसलाविरुद्ध चौधरीले दायर गरेको रिटमा सनुवाई गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।
सर्वोच्चको यो आदेशसँगै रेशमलाल चौधरीलगायतले विपक्षी बनाएका पनि सर्वोच्च अदालतमा आउनुपर्ने भएको छ भने यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययन सँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुने छ ।
२०७७ भदौ ७ गते भएको टीकापुर आन्दोन क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले पूर्व सासंसद समेत रहेका चौधरीलाई दोषी ठहर गरि जेल चलान गरेको थियो ।
उच्च अदालत दीपायलको फैसलाविरुद्ध पूर्व सासंद चौधरीले २०७७ फागुन १२ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । कैलालीबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित चौधरी निलम्बनकै अवस्थामा रहँदा उनको पदावधि सकिएको थियो । उच्च अदालतको फैसला अनुसार हाल कारागार कार्यालय डिल्लीबजारमा जेल सजाय भुक्तान गरिरहेका चौधरीकै पहलमा नागरिक उन्मुक्ति पार्टीसमेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्