
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।
मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् । मञ्चको खेलाडी छनोट समितिले मनोनयनमा पर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । पिपल्स च्वाइस विधाका लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको छ ।
अवार्ड आगामी फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने छ यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने छ ।
जसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्