
काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकले छुट्टाछुट्टै दुई वटा समिति गठन गरेको छ ।
प्रदेश सभा नियवावली २०७४ को नियम १३ बमोजिम ११ सदस्य कार्य व्यवस्था परामर्श समिति गठन भएको छ ।
समितिको सदस्यमा अम्बरबहादुर विष्ट, नारायण मगर, रेवतीरमण भण्डारी, सिर्जना राई, भूपेन्द्र राई, विद्या चाम्लिङ, भीम पराजुली र ज्ञानेन्द्र सुवेदी रहेका छन् ।
प्रदेश सभा नियवावली २०७४ को नियम १३ बमोजिम सभामुख, अध्यक्ष, उपसमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।
त्यसैगरी ११ सदस्य प्रदेश नियामवाली मस्यौदा समिति गठन भएको छ । समितिमा गीता तिम्सिना, कमलप्रसाद जगेवु, शोभा चेम्जोङ, केदार कार्की, लीलावल्लभ अधिकारी, गम्वु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, रामदेव यादव र योशदा कायस्थ रहेका छन् ।
सभापति बाबुराम गौतमले समितिलाई ३० दिनभित्र मस्यौदा तयार गर्ने समयसिमा दिनुभएको छ । प्रत्येक नयाँ संसदले आफू सञ्चालन गर्ने नियमावली आफैं बनाउनु पर्ने अभ्यास छ । त्यसैगरी प्रदेश सभा आजको बैठकमा सरकारले ल्याएको प्रदेश निजामति सेवा अध्यादेश छलफलका लागि पेश भएको छ ।
सामाजिक विकास मन्त्री बुद्विकुमार राज भण्डारीले छलफलका लागि प्रस्ताव निर्णायथ पेस गर्नुभएको हो र उहाँले पेश गरेको विधेयक सर्वसम्मतले पास भएको छ । सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखबाट प्राप्त सरकारको कार्यविभाजन सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।
नेपाली कांग्रेसका संसद केदार कार्की शून्य समय हटाएर सांसदहरुलाई बोल्न पाउने हक अधिकार कटौती नगर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्