१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चुडामणि शर्माविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश


221
Shares

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ ।

मुद्दाको प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष अदालतमा हाजिर हुने छन् र अदालतले उनीहरूको बकपत्र लिने छ । बकपत्र लिएपछि पुनः पेसी तोकिने छ । कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।