२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन


1.222k
Shares

एजेन्सी । टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ ।

सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलकिपर टुर्कासलानको निधन भएको हो ।

भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

भूकम्पपछि टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आवद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।

उनले टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए ।