
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न प्रस्ताव गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो ।
संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर पत्रकार कक्ष बनाउन उपयुक्त हुने नेम्वाङको भनाई छ । उहाँले पत्रकार कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने धारणा राख्नुभयो ।
उपाध्यक्ष नेम्वाङ पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्