
फाइल तस्बिर
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमतिको धारणाहरु सार्वजनिक हुन थालेको टिप्पणी गनुभएको छ ।
बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले सत्तागठबन्धन फुटाउन ल्याईएको राष्ट्रिय सहमतिको योजना सफल नहुने दाबी गर्नुभयो ।
उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा चर्चाका लागि मात्र गरिएको जिकिर गर्दै पद विशेषमा राष्ट्रिय सहमतिको कुरा गर्नु अर्थहीन हुने टिप्पणी गर्नुभयो ।
५० लाख युवाहरुलाई स्वदेश फर्काउन, व्यापार घाटा न्यूनीकरण गर्न, आजको मुलुकको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न भने राष्ट्रिय सहमतिको आवश्यकता भएको मन्त्री भण्डारीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्