१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित बनाउन आवश्यक : खड्का


26
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालले कराँते खेलको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरिरहेको बताउनुभयो । उहाँले नेपाली खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक, रजत पदक, काँस्य पदक प्राप्त गरेर नेपालको गौरव बढाउनुका साथै खेल क्षेत्रलाई पनि उचाईमा पु¥याएको बताउनुभयो ।

उपसभापति खड्काले खेलकुदको विकासका लागि, खेलाडीहरुको उन्नती र प्रगतिका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको खेलकुद जगतको बिस्तार गर्न र खेलाडीहरु बढी प्रतिष्पर्धी रुपमा अघि बढाउन हौसला प्रदान गर्न सहयोग र सद्भावका कार्यहरुमा राज्यको तर्फबाट र राजनीतिक दल र राजनीतिक नेतृत्वको तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उपसभापति खड्काले नेपालको राजनीतिक इतिहासलाई जीवित बनाउन स्व.कृष्णप्रसाद भट्टराईको स्मृतिमा यस प्रकारका खेलकुद प्रतियोगिता हुनुले नेता भट्टराईको खेल जगतसँगको सामिप्यतालाई उजागर भएको बताउनुभयो ।