१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कुटनीतिमा छलफल भयो : परराष्ट्र पौड्याल


78
Shares

काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कुटनीतिमा छलफल गरेको बताउनुभएको छ ।

शुक्रबार संसदको दुवै सदनको बैठकपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरुसँग विकास सहायता र आर्थिक कुटनीतिको कुरा भएको बताउनुभएको हो ।

उहाँले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गर्नुभयो । मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुले मित्रराष्ट्रहरुलाई विकास साझेदार ठानेको बताउनुभयो । विकास र कुटनीतिमा सहयोग मागेको पनि उहाँले बताउनुभयो ।