१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेगवे-नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर एन १०० नेपाली बजारमा सार्वजनिक


52
Shares

काठमाडौं । सेगवे-नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ.हब प्रा.लि ले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ ।

अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन १०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो ।

एन १०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो जसले सवारी चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ ।

सेगवे ले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन १०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्दैछ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुने छ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवे मार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने छ ।