६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्तले पाए विशेष अदालतबाट सफाई


143
Shares

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विशेष अदालतबाट सफाई पाउनुभएकाे छ ।

अध्यक्ष उपाध्यायले अदालत काठमाडौंबाट सफाई पाउनुभएकाे हाे । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित हुनुभएका उपाध्यायलाई राजस्व हिनामिना र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ को अध्यक्षमा निर्वाचित उपाध्यायलाई नदीजन्य पदार्थ उत्खनन् गर्न लगाइएको ठेक्काको कम मूल्यांकन गरेर राजस्व संकलनमा हानी नोक्सानी पुर्याएको भन्ने आरोप लगाइएको थियो । उपाध्यायसँगै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय र अधिकृतमाथि राजस्व हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चालाइएको थियो ।

तर विशेष अदालतबाट सबैले सफाई पाएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।