१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


व्यवस्था परिवर्तनमा पत्रकारको भुमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री शर्मा


78
Shares

कपिलवस्तु । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिबार आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर निर्णय गरिने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएकोमा शर्माले अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्ने कानुन बनाउने तयारीमा लागेको बताउनुभयो । सञ्चार क्षेत्रमा केही जटिल विषयहरु रहेको ती विषयमा अध्ययन गरेर सुधार गरिने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर रहेकोले गृहमन्त्री स्वतन्त्र पार्टीलाई दिनु पर्ने बाध्यता नरहेको मन्त्री शर्माको भनाइ छ । अहिलेको सरकारले देश र जनताको लागि काम गर्नुपर्ने भएकोले सबै मन्त्रीको पुर्ण रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष वसन्त गिरिले विज्ञापन बोर्डले मोफसलका सञ्चार माध्यमलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । अध्यक्ष गिरिले प्रदेशमा रहेका सञ्चार क्षेत्र र पत्रकारको बारेमा जानकारी दिनुभएको थियो ।