
तेह्रथुम । तेह्रथुममा गाउँमा अस्पताल भएपनि विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको सेवा नहुँदा स्वास्थ्य उपचारका लागि धरान र विराटनगरमा पुग्नु पर्ने बाध्यता छ ।
गाउँमा अस्पताल र स्वास्थ्य संस्थाहरु भएपनि सुविधा सम्पन्न अस्पतालहरु अझै स्थापना हुन सकेका छैनन् । विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका नागरिकहरुले महँगा र टाढा रहेका अस्पतालहरुबाट सेवा लिन कठिन बन्दै आएको छ ।

यी र यस्तै समस्यमा रहेका नागरिकहरुलाई सेवा दिने उदेश्यले तेह्रथुमकाे छथर गाउँपालिकाले बिजयपुर अस्पतालसँग समन्वय गरी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँको केन्द्रमा नि:शुल्क रुपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकहरुले सेवा लिएका थिए ।
धरान र विराटनगर लगायतका अस्पतालहरुमा सेवा लिन लाईनमा बस्नु पर्ने पैसा नहुँदा उपचार नगरी घर फर्किनुपर्ने समस्या भइरहँदा गाउँमै सेवा पाउँदा राहत मिलेको छथर-२ बाट सेवा लिन आउनुभएका नरबहादुर बस्नेतले बताउनुभयो ।

विपन्न तथा आर्थिक कम्जोर भएका नागरिकहरुले अझै सुविधा सम्पन्न अस्पतालबाट सेवा लिन पाएका छैनन् । लामो समयदेखि दिर्गरोगी बिरामीहरुले सेवा लिन पाएका छन् । शिविरमा विभिन्न रोगहरुको सेवा नि:शुल्क प्रदान गरिएको बिजयपुर अस्पतालका अध्यक्ष तथा निर्देशक पंकज खतिवडाको भनाइ छ ।
नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ छथर अस्पताल र बिजयपुर अस्पतालबीच सम्झौता भएको जनाइएको छ । छथर गाउँपालिकाले गरेको विपन्नताको सिफारिसको आधारमा नि:शुल्क सेवा पाउने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

शिविरमा गाउँपालिका-२ सय ३९ जनाले सेवा लिएका छन् । एक दर्जन भन्दा बढी चिकित्सकहरुले विभिन्न रोगका बिरामीहरुलाई सेवा दिएका थिए । अहिले स्वास्थ्य जाँचका र नि:शुल्क औषधि उपचार सेवा लिन पाउँदा यहाँका नागरिकलाई राहत मिलेको छ ।
प्रतिक्रिया दिनुहोस्