
कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई रिहा गर्न आवश्यक रहेको उहाँले बताउनुभयाे ।
उहाँले चौधरीलाईको मात्र नभई नेकपा माओवादीको शान्ति प्रक्रियासँग जोडिएका, विप्लवहरुका मुद्दा र अन्य पनि कतिपय राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउँदा राम्रो हुने बताउनुभयो। पूर्वसांसद चौधरीलाई रिहा गर्न सरकारसँग पनि आग्रह गर्ने अध्यक्ष नेपालले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्