१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै राजनीतिक दलहरुबीच सहकार्य गर्नुपर्छ : शाही


78
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसदमा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले राष्ट्रिय एकताको आवश्यकता हो । संसदमा सामेल भएका सबै राजनीतिक पार्टीहरु बीचको सहकार्य अहिलेको आवश्यकता हो । व्यवस्थाको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यकता हो ।’