२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनयुद्ध दिवसमा बिदा दिनु आवश्यक छैन : सांसद चालिसे


481
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले जनयुद्ध दिवसको सन्दर्भमा सरकारले बिदा दिनु आवश्यक नभएको बताउनुभयो ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चालिसेले देशमा धेरै आन्दोलनहरु भएका र यसरी बिदा दिँदा सबैले बिदाको माग गर्ने चलन बस्ने बताउनुभयो ।

उहाँले सरकारले बिदा थप्दै जानु राम्रो परम्परा नभएको टिप्पणी गर्नुभयो ।