२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीमा वर्षा नहुँदा हिउँदे बाली सुक्न थाल्याे


351
Shares

सर्लाही । लामो समयसम्म वर्षा नहुँदा सर्लाहीमा हिउँदे बाली सुक्न थालेको छ ।

गहुँ र जौलगायतका हिउँदेबाली र तरकारी खेती सुक्न थालेका हुन् । वर्षा नभएर बाली सुक्न थालेपछि मेहनत र खर्च खेर जाने भन्दै किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिंदै आएको छ । गहुँ छर्ने बेलादेखि पानी नपरेकोमा गहुँ पसाउने बेला भइसक्दासम्म पनि पानी पर्न सकेको छैन । हिउँदे मकै, मुसुरो, आलस र खेसरी पनि सुक्न थालेका छन् ।

सिंचाइको अभावका कारण उत्पादन घट्ने अनुमान गरिएकाे छ ।