१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको भारतमा मृत्यु


1.118k
Shares

अर्घाखाँची । अर्घाखाँचीका एक युवकको सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ ।

अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको हाे ।

लामो समयदेखि मृतक भुसालका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता भएका थिए । त्यसपछि बाथ र प्रेसर रोगबाट ग्रस्त भएकी आमा मिनाकुमारी भुसालको उपचार एवं पालनपोषणको समस्या टार्न मृतक भुसाल पढाइ छोडेर रोजगारिको लागि केही महिना अघि मात्र भारतमा गएर आमाको सहारा बनेका थिए ।

कारको टक्करबाट गम्भीर घाइते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको जनाइएकाे छ ।