९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सकियो


65
Shares

काठमाडौं । दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सकियो भएको छ ।

बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नुभएको थियो ।

उहाँलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एण्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेका हुन् ।