
ओखलढुंगा । यसवर्ष हिउँ नपर्दा ओखलढुंगाको लेकाली भेगका किसान मारमा परेका छन् ।
हिउँ नपर्दा २ हजार मिटरमाथि लगाइने बुङ आलुको उत्पादन घट्ने चिन्ता किसानमा छ । बुङ आलु रोपिसकेपछि हिउँ परेमा आलु राम्रोसँग उम्रने र उत्पादन समेत बढ्ने किसानहरु बताउँछन् ।
अहिले जिल्लाको ठाडे, टोड्के, जन्तरखानी, पात्ले, भुसिंगा लगायतका ठाउँका किसानले अर्गानिक विधि अपनाएर बुङ आलु रोपिरहेका छन् । पुस र माघ महिनामा हिउँ पर्दा किसानले आलु र गहुँ खेतीबाट मनग्गे लाभ लिने सिद्धिचरण नगरपालिका वडा नं ६ का वडाध्यक्ष मेखबहादुर मगरले बताउनुहुन्छ ।
अहिले हिउँ पर्ने छाँटकाँट नदेखिँदा यहाँका किसानलाई चिन्ताले सताएको छ । हिउँ नपरे लेकाली भेगको मुख्यबाली मानिने आलुको उत्पादनमा ह्रास आउने कृषिविज्ञहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्