१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालोपत्रे सडकमै झार उम्रियो


2.613k
Shares

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडकमा एक महिना नपुग्दै झार उम्रिएको छ ।

बाणगंगा नगरपालिका वडा नं ८ ढोँडेकोलमा गरिएको कालोपत्रे सडकमाथि झार उम्रिएको हो ।

साहनी विल्डर्सले निर्माण गरेको सडकको अधिकांश भाग उप्किन सुरु भएको छ । विल्डर्सले अघिल्लो आर्थिक वर्षमा वडा न. ८ को बन्डौलि, गन्सहवा, चप्परगाँउ सडक कालोपत्रेको काम सुरु गरेको थियो । समयमा काम सम्पन्न नभए पछि नगरपालिकाले २०७९ असोज मसान्तसम्म म्याद थप गरेको थियो । म्याद थप भए पछि ठेकेदार पक्षले काम नगरेको स्थानीयहरु बताउँछन् ।

सव वेस र वेस राखेपछि निर्माण कम्पनीले काम ठप्प गर्दा झार पलाएको थियो । सामान्य गोडमेल गरी कालोपत्रे गर्दा २ साता मै दुबो पलाउन सुरु गरेको बताइएको छ । बिल्डर्सले समयमा काम नगर्दा बाणगंगा नगरपालिकाका अन्य सडक योजना प्रभावित भएको छ ।

बिल्डर्सले इ विडिङ्ग मार्फत वडा स्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो । म्याद थप गरे पछि पनि निर्माण कम्पनी सम्पर्कमा नआएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । निर्माण कम्पनीले गरेका बदमासी र सम्पन्न नगरेका कामको भुक्तानी नदिने अर्यालले जानकारी दिनुभयो ।