६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


देशभरकाे माैसम आज कस्ताे रहला ?


39
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउँसो भने प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

शुक्रबार राति भने देशको पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएकाे छ ।