१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्ववियु निर्वाचनको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन


52
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियु निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिनुभएको छ ।

अनेरास्ववियूको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सपथग्रहण गराउने क्रममा उहाँले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताउनुभएको हो ।

स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

ओलीले अनेरास्ववियूका नेताहरुलाई अहंकार नलिई काम गर्न पनि आग्रह गर्नुभयो । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले त्यस्ता खालको गतिविधि गर्न नहुने उहाँले बताउनुभयो । अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो ।