
तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारेमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।
छथर गाउँपालिकाको आयोजनामा एक कार्यक्रमका बीच प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिकाले यो प्रतियोगितालाई उत्सवको रूपमा आयोजना गरेको जनाएको छ । शुक्रबारदेखि सुरु भएको पालिका स्तरिय प्रतियोगिता शनिबार सम्पन्न हुने भएको छ ।
पालिका स्तरिय प्रतियोगिता सम्पन्नसँगै जिल्ला स्तरीय प्रतियोगिता आइतबारबाटै सुरू हुने भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विद्यार्थीहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनुभयो ।
प्रतियोगिताअन्तर्गत भलिबल, कबडी, दौड, ज्याभलिङ, हाईजम्प, लङजम्पलगायतका खेलहरु सञ्चालन हुनेछन् ।
खेलले स्वास्थ्यको लागि महत्वपूर्ण रहुनका साथै समुदायलाई चिनाउने माध्यम बन्न सक्ने गाउँपालिकाकी उपाध्यक्ष तारा खरेल ढकालले बताउनुभयो ।
प्रतियोगितामा विजयी हुने प्रतियोगीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने भएका छन् ।
प्रतियोगितामा गाउँपालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्