
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङमा रहेको जलकन्या पशुपालन कृषक सहकारी संस्थाले जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ ।
संस्थाले १३ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार वीरबहादुर भट्टराई र छत्र माया कार्कीलाई सम्मान पत्र र दोसल्ला ओडाएर छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले सम्मान गर्नुभएको हाे ।
साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाले कृषकको जीवन परिर्वतनमा महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष लिम्बुले बताउनुभयो । संस्थाले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा र छोरीलाई समेत स्टेशनरीका सामान दिएर सम्मान गरेको थियाे ।

नविन कटुवाल र मेलिना बस्नेतलाई सम्मान गरेको जलकन्या पशुपालन कृषक सहकारी संस्थाका अध्यक्ष डम्बर भट्टराईले बताउनुभयो । साेही संस्थामा १ सय ५८ शेयर सदस्य रहेका छन् ।
संस्थाले १ करोड १३ लाख ४८ हजार ८ सय २१ रुपैयाँ बराबरको आर्थिक लेखा प्रतिवेदन समेत प्रस्तुत गरेको संस्थाका व्यवस्थापक सन्तोष सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्