
web pic
पोखरा । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै बस दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन् ।
ग १ ख ६७४७ नम्बरको बस आइतबार दिउँसो पोखरा–२७ स्थित सडकबाट खोल्सामा खसेको हो ।
कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।
कास्की प्रहरीका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
खड्काका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ । बसमा ४५ जना यात्रु सवार रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्