१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँदे वर्षा नहुँदा बाली खेतमै सुक्यो


91
Shares

म्याग्दी । फागुन पहिलो सातासम्म पनि हिउँदे वर्षा नहुँदा हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा लगाइएको हिउँदे बाली खेतमा नै सुक्न थालेको छ ।

हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा यहाँका किसान चिन्तित छन् ।

वर्षा नभएपछि म्याग्दी र मुस्ताङमा यो वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामा गहुँ, जौ, केराउ, मुसुरो लगायत बालीको उत्पादनमा कमी हुने देखिएको हो ।

खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्ने थालेपछि वर्षभरि परिवार पाल्ने चिन्ताले सताउन थालेको किसानको भनाई छ । जिल्लामा ११ हजार ४३० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएकोमा ६ हजार ३ सय २० हेक्टर जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ ।