
तेह्रथुम । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले दुई वर्षभित्रमा यो देशमा बसोबास गर्दै आएका अव्यस्थित भूमिहिन र सुकुम्बासीलाई जग्गा धनिपुर्जा दिने बाटोमा लागेको बताउनुभएको छ ।
तेह्रथुमको छथरमा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री राईले यस्तो बताउनुभएको हो ।
आइतबारबाट प्रतियोगिता सुरु भएको हो । जिल्लाको ६ वटै पालिकाहरुको सहभागीता रहेको प्रतियोगिता जिल्ला खेलकुद विकास समिति तेह्रथुमको आयोजना तथा छथर गाउँपालिकाको व्यवस्थापन रहेको छ ।
अहिलेको सरकारले केही समयपछि भूमि आयोग गठन गरी दुई वर्षभित्र अव्यस्थित बसोबास गर्दै आएका भूमिहिन र सुकुम्बासीहरुलाई धनिपुर्जा दिने मन्त्रीले बताउनुभयो ।
जिल्लाको खेलकुद क्षेत्रलाई विकास गर्ने उद्देश्यका साथ विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् । तेह्रथुमको जिल्लामा खेलकुद पुर्वाधार विकासका साथै प्रशिक्षक र विभिन्न प्रतियोगिताहरुलाई निरन्तरता दिनु आवश्यक रहेको प्रदेश नंम्बर १ प्रदेशसभाका संसद किशोरचन्द्र दुलालले बताउनुभयो ।
प्रतियोगिता आगामी ९ गते सम्पन्न हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीहरुको सहभागिता रहेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्