१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशमा आज पश्चिमी वायुको प्रभाव


195
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका बाँकी भू-भागहरूमा भने आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार राति भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। त्यस्तै, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।