२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीका किसान मिटरव्याजीविरुद्ध धर्ना


247
Shares

सर्लाही । सर्लाहीमा मिटरव्याज पीडित किसान तथा मजदुरहरुले मिटरव्याज तथा ठगीविरुद्ध धर्ना दिएका छन् ।

दैनिक ३ घण्टा दैनिक धर्ना दिने मिटरव्याज तथा ठगीविरुद्धको किसान मजदुर संघर्ष समिति सर्लाहीले जनाएको छ ।

उनीहरुले राजमार्गको नवलपुरस्थित तिनकुने पार्कमा धर्ना दिएका हुन् । मिटरव्याजका कारण किसान मारमा परेको र उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरव्याजीलाई कार्वाही गर्न सरकारले कुनै तदारुकता नदेखाएका गुनसो पीडितहरुको छ ।

पीडितहरुले विभिन्न नारा लेखिएको व्यानर, प्लेकार्ड प्रदर्शन गर्दै धर्ना दिएका थिए । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुको छ ।