
फाइल तस्बिर
डडेल्धुरा । डडेल्धुरामा चितुवाको आक्रमणमा एक वृद्ध गम्भीर घाइते भएका छन् ।
आलिताल गाउँपालिका–३ धातडीका ७० वर्षीय गगनसिंह धामी घाइते भएका छन् ।
धामीलाई सोमबार बिहान वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरीले जनाएको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्