
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ४६.१ ओभरमा ९ विकेट गुमाएर २१२ रन बनायो ।
स्कटल्याण्डका लागि जर्ज मुन्शेले ६०, म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । स्कटल्यान्डका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए ।
नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्