२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


स्वास्थ्य सेवाका लागि तीन तहका सरकार गम्भिर हुनुपर्छ : राष्ट्रपति भण्डारी


39
Shares

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्राप्तिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गराउन तीनै तहका सरकार गम्भिरता पुर्वक लाग्नुपर्ने बताउनुभयो ।

अस्पतालको नवनिर्मित भवन संघीय सरकारको ३५ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनसहित अस्पतालले २ सय शैयाबाट स्वास्थ्य सेवा उपल्ब्ध गराउने छ । अस्पतालमा ३८ जना विशेषज्ञ चिकित्सकसहित ५० जना एमबिबिएस डाक्टरले सेवा दिने छन् ।

अस्पतालमा आइसियु, एचडियु, मिर्गौला डायलासिस सेवाका साथै आयुर्वेदिक सेवा पनि उपलब्ध भइरहेको छ ।