
परासी । नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित बेपत्ता भएकी छिन् ।
नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारु ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिमाका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्