
काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आगामी चैत्र २ गतेदेखि प्रसारण हुने भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरु हुने जानकारी गराइएको हो ।
शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की र निर्देशकमा दिनेश डिसी हुने छन् । त्यस्तै, कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहने कलाकार नेपालले बताए । उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए । त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्