१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री र सांसदले काठमाडौंमा घर-जग्गा खरिद गर्न नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्छ : प्रेम सुवाल


312
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उहाँको तर्क थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गर्नुभयो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उहाँले त्यसले ठूलो विपद ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराउनुभयो । ८ वर्षदेखि सो सडकखण्डको निर्माण कार्यले पूर्णता नआएकोमा उहाँको आक्रोश थियो ।