
पर्वत। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन हुनसके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ ।
बुधबार पर्वतको जलजला गाउँपालिका– २ पूर्ण गाउँमा निर्मित आदिबराह मन्दिरको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले व्यवस्थित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सकेमा पर्यटनको माध्यमबाट स्थानीय स्तरमा मात्रै नभइ समग्र मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको हो ।
पर्वत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र नेपालका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ती क्षेत्रको प्रवद्र्धनका लागि स्थानीय स्तरबाट मात्रै नभइ सम्बधित निकायको समेत ध्यान जान जरुरी रहेको बताउनुभयो ।
मन्दिरको उद्घाटनपछि राष्ट्रपति भण्डारीले कालाञ्जार क्षेत्रका रुपमा चिनिने पर्वतको ३ हजार ३ सय मिटर उचाइमा रहेको हम्पाल क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै उहाँले प्राकृतिक सम्पदालाई संरक्षण गर्दै आर्थिक उपार्जनमा जोड्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्