
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा एक वृद्धको हत्या भएको छ ।
महालक्ष्मी नगरपालिका-५ ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको प्रहरीले बताएकाे हाे ।उनको टाउको र शरिरको भाग छुट्टाछुटै अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।
हत्या बिहीबार राति गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यलयको टोली पुगेको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्