
अर्घाखाँची । अर्घाखाँचीमा चौथो प्रिमियर लिग (एपिएल) को प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ यहि फागुन २३ गतेदेखि सन्धिखर्कमा प्रतियोगिता हुन लागेको हो । अर्घाखाँचीकै प्रतिष्ठित प्रतियोगितामा ४ वटा टिमको सहभागिता हुने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो ।
जस मध्ये पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवती र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागिता हुने भएको छ । जिल्ला र देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनको लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र द्वितीय पुरस्कार ५१ हजार नगदसहित ट्रफी-मेडल र प्रमाणपत्र प्रदान गर्ने उहाँले बताउनुभयाे । खेलमा विभिन्न विधाहरुमा समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भट्टराईले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्