
काठमाडाैं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयर धनीलाई करिब १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीबार राजधानीमा सम्पन्न २६ औं वार्षिक साधारण सभाले १२ दशमलव ४ प्रतिशत बोनस शेयर र कर प्रायोजनका लागि सोही बराबरकाे लाभांशको प्रस्ताव पारित गरेको हो । कम्पनी आर्थिक वर्ष २०७९/०८० को पुष मसान्तसम्म डेढ अर्ब बिमा शुल्क आर्जन गर्न सफल भएको जनाइएको छ ।
कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिकूल अवस्थाका बाबजुद कम्पनीले प्रगति जारी राखेको उहाँले उल्लेख गर्नुभयो । साधारणसभाले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग गाभिने प्रस्ताव पारित गरेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड बन्ने भएका छन् । दुई वटा कम्पनीको शेयर आदान-प्रदान अनुपात ८० बराबर १ सय हुने गरी स्वाप रेसियो कायम रहने लगायतका मर्जरकाे प्रस्ताव साधारणसभाले पारित गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस्