
बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट तिव्बत जोड्ने सडकको चैनपुर ताक्लाकोट सडक कटानको कार्य सुस्त गतिमा भएको छ । २०६२ सालमा निमार्ण कार्य सुरु भएको यस आयोजनामा १७ वर्षमा ३९ किलोमिटर ट्रयाक खोल्ने काम मात्र भएको छ ।
१ सय १७ किलोमिटर दुरीको यो सडकमा काम सुस्त हुँदा स्थानीयवासीन्दा आक्रोशित भएका छन् । यस सडकको चैनपुर रुवातोला खण्डको १८ किलोमिटर विकेन्दीकृत पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । रुवातोला देखि माथिको खण्डमा काम सुरु हुने बेला स्थानिय दुई गाँउका बासिन्दाहरु बीच सडक कताबाट लैजाने भन्ने विषयमा विवाद भएपछि एक वर्ष सम्म निमार्ण कार्य अवरुद्ध भएको संविधान सभा सदस्य मानप्रसाद खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विवाद समाधान हुन नसके पछि सर्वदलीय बैठकले निर्णय गरी ड्रिलिप आयोजना नै यस सडकमा काम नगर्ने गरी जिल्लाको दक्षिणी भेग थलारामा सारिएको थियो ।’
चैनपुर –ताक्लाकोट सडक योजनाका प्रमुख तुलाराम शर्माले २०७२ सालमा टेन्डर सुरु गरेर चैनपुर देखि ताक्लाकोट सम्म १८ किलोमिटरको टेन्डर लुम्बिनि राजेन्द्र जेविले पाएको र काम सम्पन्न भएको जानकारी दिनुभयो ।
तर, उक्त जेभिले काम सुस्त गतीमा गरेको स्वीकार गर्दैे, भौगोलिक विकटता, कडा चट्टान, बेला बेलामा हिमपात हुने भएका कारण सडक कटानको कार्य लामो समय रोक्नुपर्ने बाध्यता र बीचमा कोभिड १९ का कारण पनि सडक कटानको प्रगति नभएको र कम्पनीको लापर्वाहीका कारण पनि कामको प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।
भारतको दिल्लीबाट ७ सय किलोमिटर भन्दा कमको सडक दुरीमा चीन जोड्न सकिने नेपालको सबैभन्दा छोटो त्रिदेशीय नाका भएका कारण पनि यसलाई जति सक्दो चाडो खोल्नु पर्ने स्थानीयको माग छ ।
नाका खोल्न सके सदुरपश्चिम प्रदेशको समृद्धिमा बरदान सावित हुने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालको भनाई छ ।
निर्माण स्थलमा सबै काम अलपत्र अवस्थामा छ भने निर्माण सामाग्री मेसिनलगायतका सामान खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्