१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा फिल्ड सहयोग मागेर राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता संचालन


364
Shares

बझाङ । बझाङमा पालिका स्तरीय राष्ट्रपति रनिङ सम्पन्न भएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शनिबारदेखि सुरू भएको छ ।

जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटै स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका हुन् । १३ औं राष्ट्रपति रनिङ शिल्डको आयोजक खेलकुद विकास समितिले गरेको छ। जिल्लामा राम्रो खेलमैदान नभएका कारण बझाङ जिल्ला खेलकुद विकास समितिले फिल्ड सहयोग मागेर खेल संचालन गरिरहेको छ ।

जिल्लाको सदरमुकाम चैनपुरमा रहेको सत्यवादी माविको खेलमैदान सहयोग लिएर शनिबारदेखि खेल सुरु गरेको बझाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयाे । अभाव-अभावकै कारण पालिकाहरुले खेल सम्पन्न गरेका छन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि सम्पन्न गर्नु नै पर्ने भएपछि सत्यवादी माविको खेल मैदान सहयोग मागेर संचालन गरेकाे अध्यक्ष रोकायाले बताउनुभयाे ।

अभाव-अभावकै कारण पालिकाहरुले खेल सम्पन्न गरेका छन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि सम्पन्न गर्नु नै पर्ने भएपछि सत्यवादी माविको खेल मैदान सहयोग मागेर संचालन गरेका उहाँकाे भनाइ थियाे । उक्त खेलमैदान पनि प्राप्त मात्रामा नभएकाे उहाँले बताउनुभयाे । काम चलाउ गरिरहेकाे उहाँकाे तर्क छ । १२ वटा पालिका मध्ये राम्रो खेल मैदान कुनै ठाउँमा पनि नभएकाे उहाँले बताउनुभयाे ।

खेलमैदान अभावका कारण विभिन्न समस्या र चुनौतीका बाबजुद पनि खेल संचालन गर्दै आएकाे उहाँकाे भनाइ छ । उहाँले राजनीतिक नेतृत्वसँगलाई पटक-पटक जिल्लामा एउटा कबडहलको माग गर्दै आएकाे भए पनि सुनुवाई नभएको बताउनुभयाे।

राष्ट्रपति रनिङ शिल्डमा साईपाल, तल्कोट, मष्टा, सुर्मा, विथ्थडचिर, थलारा, केदार स्युँ, छविसपाथिभेरा, खप्तडछान्ना, दुर्गाथली गाउँपालिका, जयपृथ्वी र बुंगल नगरपालिकाले भाग लिएको छ । भर्खरै निर्माण कार्य सम्पन्न भएको खेल मैदानमा ढुङ्गा मात्रै देखिन्छ ।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले जिल्लामा एउटा रंगशालको ब्यवास्था गर्नु पर्ने माग राखेका छन् । राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गर्न पुगेका सुदूरपश्चिम प्रदेशका सभामुखलाई सके भने सबै पालिकामा एक-एक खेल मैदानको आवश्य कता छ । तर नभए जिल्ला स्तरीय खेलमैदान हुन जरुरी रहेको छ।

जयपृथ्वी नगरपालिका-१ का वडा अध्यक्ष सर्जन थापाले पटक-पटक मन्त्रीदेखि सभामुखसम्म प्राप्त गरेकाे तर खेलकुद क्षेत्रमा उनीहरुको ध्यान नपुगेकाे बताउनुभयाे । खेल मैदान अभावको समस्या जिल्ला भरीको हेर्ने भलिबल खेलका संयोजक लोकेन्द्रबहादुर विष्टले राम्रो प्रतिभा भएका खेलाडीहरुपछि पर्ने परिस्थिति रहेको छ ।

खप्तडछान्ना गाउँपालिका-७ का वडा अध्यक्ष रमानन्द जोशिले जिल्ला भरीका पालिकाहरुले खेलाडीका लागि वा खेलमैदान निर्माण तथा खेलकुद क्षेत्रमा लागि गरेको लगानी जोड्ने हो भने, अर्बौ रकम हुन आउने बताउनुभयाे । तर अवस्था भने निकै नाजुक रहेको उहाँले बताउनुभयाे ।

यता कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले खेलकुद क्षेत्रमा मात्रै बेथिति छैन, सबै क्षेत्रमा बेथिति भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘यसलाई सरकारले थितिमा ल्याउनु पर्ने देखिन्छ। प्रदेश सरकारले पनि खेलकुद क्षेत्रमा थुप्रो लगानी गरिरहेको छ । पहिला यसको सदुपयोग गर्नु पर्ने र आफूले सकेसम्म आफ्नो कार्यकालमा सके प्रत्येक पालिकामा नभए जिल्ला स्तरीय राम्रो ब्यवस्थित कबर्डहल तथा खेलमैदान निर्माण गर्नुपर्छ ।’

पालिका तथा अन्य खेल क्षेत्रमा सहयोग गर्ने सरोकारवाला निकायहरुले समेत ध्यान दिनुपर्ने उहाँकाे तर्क छ ।