
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू अझै लागि परेको बताउनुभएको छ ।
आइतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको बताउनुभएको हो ।
राष्ट्रपतिमा सर्वसम्मति नभए नयाँ राजनितिक यात्रा स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेकोले २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहने जानकारी दिनुभयो ।
राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनितिक दल एक ठाउँमा आएको बताउँदै उहाँले आफ्नो बाँकी जीवन सुशासन, विकास र देशको समृद्धिको निम्ति खर्चने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्